काठमाडौं – मेक्सिकोले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ ।समूह बी अन्तर्गत टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १-० ले हरायो ।
मेक्सिकोका लागि जेरार्डो अर्टेटाले ६९औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि ५०औं मिनेटमा जमैकाका मिकेल एन्टोनिओले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।
जित हात पारेपनि मेक्सिकोका कप्तान एडसन अल्भारेज भने घाइते हुँदै मैदान बाहिरिएका थिए । ह्याम्सट्रिङ समस्याका कारण उनी ३०औं मिनेटमा मैदान बाहिरिएका थिए । जितपछि मेक्सिकोले समूह बी मा ३ अंक जोडेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar