तानसेन – तानसेनमा बिहीबार तरकारी जात्रा देखाइएको छ। युवा युवतीले शरीरभरी तरकारी लगाएर प्रदर्शन गरेका थिए। शिरदेखि पाउँसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवा युवतीसँग तानसेन बजारमा सेल्फी खिच्ने र खिचाउनेहरूको भीडभाड देखिन्थ्यो।
यस्तो खालको जात्रा यसअघि कहिल्यै नदेखिएको तानसेनको विशाल बजारमा मासु पसल सञ्चालन गर्दै आएका गोकुल पौडेलले बताए। तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो।
कलाकारद्वय गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वल लगायतका तरकारीहरू शरीरभरी लगाएर जात्रा देखाएका थिए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar