काठमाडौँ – स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए ।
यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ । अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar