पर्सा – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले जनविद्रोहका मुद्दा उठाएर केही तत्वले शान्ति प्रक्रिया बिथोल्न खोजेको आरोप लगाएका छन् ।
मधेसी राष्ट्रिय मुक्ती मोर्चा नेपालका इन्चार्जसमेत रहेका नेता यादवले वीरगन्जस्थित टाउनहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाहिरी शक्तिको कारण अहिलेको संघीय लोकतान्त्रिक संविधानमाथि पनि खतरा आएकोले सबै जनता सचेत हुनुपर्ने बताए ।
‘शान्ति प्रक्रियाको महत्वपूर्ण काम अझै बाँकी छ’, उनले भने, ‘अहिलेको प्रधानमन्त्री सहितका नेतामाथि पनि थुप्रै राजनीतिक मुद्दा छन् ।’ शान्ति प्रक्रियाको काम नटुंग्याइ अदालतले जनविद्रोहमा लागेको बेला प्रहरीले दर्ता गरेको मुद्दा सुनुवाई प्रक्रियामा राख्नु गलत भएको उनले टिप्पणी गरे ।
जनविद्रोह र मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दा स्वतः खारेज हुनुपर्नेमा नेता यादवको जोड छ ।
शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न एमाले सहितका दलसँग सहकार्य गर्नु अहिलेको वाध्यता भएको उनले बताए ।
मधेस आन्दोलनको धेरै मुद्दाहरू अहिले पनि सम्बोधन हुन नसकेको र त्यसलाई सडकबाटै सम्बोधन गराउन मोर्चालाई सक्रिय बनाउन आफू लागिपरेको उनले बताए ।
विभिन्न तह तप्काबाट मधेसलाई बदनाम गर्ने कार्य भइरहेको र मधेसीहरूले अहिले पनि पहिचानवादी संघीयता पाउन नसकेको उनले बताए ।मधेसका दिदीबहिनी दाइजोको कारण अहिले पनि ज्यान गुमाउनुपर्ने अवस्था रहेको र यसलाई सरकारले गम्भिरतापूर्वक नहेरेको उनले बताए ।बिदेसी एनजिओहरूको इशारामा विवाहको उमेरहद २० र २२ वर्ष लागू गरेर सरकारले तराई मधेसका दलित, विपन्न परिवारलाई प्रताडित बनाएको उनले गुनासो गरे ।
आममधेसीको भावनालाई समेटेर विवाहका लागि उपयुक्त उमेर निर्धारण हुनुपर्नेमा नेता यादवको जोड छ ।
प्रेस सेन्टर नेपाल पर्साको संयोजनमा मधेसी राष्ट्रिय मुक्ती मोर्चा नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा मधेसको अधिकारका लागि अझै सडकमा जानुपर्ने आवश्यकता रहेको र त्यसको तयारी मोर्चाले अगाडि बढाएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar