काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकले बैंकको कार्ड प्रयोग गरी गरिने खरिद (पीओएस र इ–कमर्स) र मोबाइल बैकिङबाट गरिने टपअपको आधारमा रिवार्डस पोइन्टस पाउनेछन् ।
यसरी पाएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिँदा भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ रिवार्डस सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar