काठमाडौं – आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्य तोकेको छ ।
विगत तीन दिनसम्म सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि सुन जेठ २५ गते तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८०५ रुपैयाँ रहेको चाँदी आज १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar