एजेन्सी- युक्रेनले चाँडै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने भएको छ । यसबाट रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चित हुने आशा युक्रेनको छ ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार किएभले इयुका सदस्य मुलुकसहित १७ मुलुकसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ र अन्य १० मुलुकसँग सम्झौतामा वार्ता गर्ने प्रक्रियामा छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता संयुक्त राज्य अमेरिकासँग १० वर्षको सुरक्षा सम्झौता नाटो सदस्यताका लागि ‘सेतु’ का रूपमा भएको बताएका छन् ।
“युक्रेनी र इयुका वार्ता टोलीहरूले सुरक्षा सम्झौतालाई अन्तिम रूप दिएका छन् र निकट भविष्यमा यसमा हस्ताक्षर गर्ने सहमति व्यक्त गरेका छन्”, युक्रेनी राष्ट्रपतिले भनेका छन् । हाल युक्रेनी सेना रुसी आक्रमणविरुद्ध मुलुकको पूर्व र दक्षिणमा सीमामा पकड कायम गर्नका लागि सङ्घर्ष गरिरहेको छ र सैन्य सामग्री अभाव बेहोरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar