काठमाडौं – अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । समूह ‘डी’ चरणको खेल खेलेर आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।
दुई समूहमध्ये पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो । त्यसैगरी अर्को समूह आज बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका छ ।
कम्तिमा २ वटा टेस्ट टोलीलाई पराजित गर्ने र विश्व कपको दोस्रो चरणमा पुग्ने नेपालको लक्ष्य पूरा हुन नसके पनि नेपालली टोलीले आईसीसीका पूर्ण सदस्य राष्ट्रहरुविरुद्ध कडा चुनौती प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिका र बंगलादेशसँग सानो अन्तरले पराजित हुँदा नेपालले टेस्ट टोलीलाई पराजित गर्ने अवसर गुमाएको थियो ।
अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।
दुवै खेलको अधिकांश समय विपक्षीलाई दवाबमा राखे पनि फिनिसिङ गर्न नसक्दा नेपाल पराजित भएको थियो । जित नजिक पुगेर पनि हार बेहोर्दा खेलाडीहरु निरास बनेका छन् । यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ । लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुने तालिका छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar