काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनलले धादिङको गजुरी र धार्केमा शाखा बिस्तार गरेको छ । बैंकले १९१औँ शाखा धादिङको गजुरी र १९२औँ शाखा धार्केमा सञ्चालनमा ल्याएको हो । यससँगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरू ५४ पुगेका छन् ।
बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरूको शुभारम्भ गरेका हुन् । सो अवसरमा पोखरेलले भने, ‘ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा हामी धादिङबासीहरूको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहनेछौँ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar