काठमाडौँ – सर्लाहीमा मालबाहक ट्रक (लरी)मा बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीकै मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो ।
बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक (लरी)मा ठोक्किँदा दुर्घटना भएको हाे ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजे बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ ।
उनीहरु सबै बसका यात्रु हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar