काठमाडौं – बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता हुनुपर्ने माग गर्दै धादिङ र गोरखाका सांसदहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेटेर प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने धादिङ र गोरखाका सांसदहरूले प्रधानमन्त्रीलाई भेटेर आयोजना निर्माण अघि बढाउन माग गरेका हुन्।
‘बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौं,’ प्रतिनिधि सभा सांसद रामनाथ अधिकारीले भने, ‘आयोजनाको निर्माण सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चार लगायतमा राज्यले उदासिनता देखाएको छ।’ उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए।
प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने बताएका छन्। प्रतिनिधि सभा सांसदहरू राजेन्द्र बजगाई, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्त लगायत प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार पुगेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar