काठमाडौँ – नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीलाई स्वस्थ्य र सन्तुलित जीवन प्रवद्र्धनसम्बन्धी बहुआयामिक प्रशिक्षण दिएको छ ।
काठमाडौँमा असार ३ र ४ गते इन्स्योरेन्सले प्रशिक्षण दिएको हो । उक्त प्रेरणादायी प्रशिक्षणवाट कर्मचारीहरूको व्यक्तिगत एवं व्यावसायिक विकास हुने र कम्पनीका लागिसमेत उपयोगी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक निभा एम प्रधानले गरेकी थिइन् । कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्युत गौतम र सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar