काठमाडौं – नेकपा (एकिकृत समाजवादी) पार्टी नीकट नेपाल खेलकुद महासंघ समाजवादीले मैत्रीपूर्ण फुटबल खेलको पूर्वसन्ध्यामा पार्टी शिर्षस्थ नेताहरुलाई निमन्त्रणा स्वरुप टिसर्ट प्रदान गरेको छ ।
सोमवार विहान, महासंघको महासचिव अर्जुनभक्त राई सहितको टोली एकिकृत समाजवादीको केन्द्रिय कार्यालयमा पुगी, पार्टी शिर्षस्थ नेताहरुलाई निमन्त्रणा स्वरुप पार्टी अध्यक्ष माधवकुमार नेपाललाई टिसर्ट प्रदान गरेको हो । महासंघको टिसर्ट बुझ्दै अध्यक्ष नेपालले मैत्रीपूर्ण फुटबल खेलको शुभकामना दिएका थिए ।
महासंघले आगामी असार ७ गते पार्टीको १०औ ऐतिहासिक महाधिवेशनको उपलक्ष्यमा पार्टी र जनसंगठनहरु वीच मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको छ । राष्ट्रिय महाधिवेशनको सम्मुखमा देशव्यापी रुपमा शुभ सन्देस जाओस भन्ने हिसावले पार्टी र जनसंगठनका विचमा मैत्रीपूर्ण प्रदर्शनी फुटबल खेलको आयोजना गरिएको महासंघका महासचिव अर्जुनभक्त राईले जानकारी दिए ।
महासचिव राईका अनुसार उक्त प्रतियोगितामा सहभागिताका लागि पार्टीको भातृ संगठन, जनवर्गिय संगठन र पेशागत संगठन लगायत सवैलाइ अनुरोध गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar