काठमाडौं – अस्ट्रियालाई पराजित गर्दै फ्रान्सले युरोपियन च्याम्पियनसिप २०२४ मा विजयी सुरुवात गरेको छ।समूह ‘डी’मा रहेको फ्रान्सलाई युरोकप २०२४ को दाबेदार मानिएको छ। तर, पहिलो खेलमा फ्रान्सले त्यस्तो प्रभाव छाड्न भने सकेन।
फ्रान्सले अस्ट्रियाका म्याक्सिमिलेन वेबरले ३८औँ मिनेटमा गरेको आत्मघाती गोलको मद्दतमा महत्त्वपूर्ण तीन अंक बटुलेको हो। सोही खेलमा फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पे घाइते भएका छन्।
निर्धारित समयको अन्तिमतिर ९०औँ मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किएपछि एमबाप्पेको नाकमा चोट लागेको थियो। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar