काठमाडौं । इन्स्टल गरेका एप स्वत: खुल्ने गरी गुगल प्ले स्टोरमा नयाँ अपडेट आउने भएको छ । गुगलले ‘एप एटो ओपन’ नामक फिचर ल्याउन अहिले परीक्षण गरिरहेको हो । एन्ड्रोइड अथोरिटीका अनुसार यो फिचर गुगल प्ले स्टोरको बेटा भर्सन ४१.४,१९ मा देखिएको छ ।
अहिले कुनै पनि एप इन्स्टल भइसकेपछि एप स्वत: खुल्दैनन् । प्रयोगकर्तालाई एप खोल्ने अथवा नखोल्ने भन्ने विकल्प दिइन्छ । यस फिचर पछि भने इन्स्टल भएका एप स्वतः खुल्ने भएका हुन् ।
प्ले स्टोरमा यो फिचर आइसकेपछि डिफल्ट रूपमा अन हुने छ । तर प्रयोगकर्ताले फिचर अन/अफ गर्न भने सक्नेछन् । त्यस्तै यो फिचर आइसकेपछि प्रयोगकर्ताले नोटिफिकेसन पाउने बताइएको छ ।
सो नोटिफिकेसन पाँच सेकेन्डसम्म रहने र फोनको सेटिङ अनुसार रिङ गर्ने बताइएको छ । यद्यपि गुगलले भने यसबारे औपचारिक रूपमा केही जानकारी दिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar