काठमाडौं – सिगरेट र रक्सीमा जस्तै सामाजिक सञ्जाल एपहरूमा खतराको लेबल लगाउन एक अमेरिकी चिकित्सकले संसदसँग माग गरेका छन् ।
सर्जन जनरल डाक्टर विवेक मूर्तिले सामाजिक सञ्जालले बालबालिकाको मानसिक स्वास्थ्यलाई निम्त्याउने खतरालाई सम्बोधन गर्न तत्काल त्यस्तो कदम चाल्न माग राखेका हुन् ।
न्यू योर्क टाइम्समा लेख लेख्दै डाक्टर मुर्तिले युवाहरूमा हुने मानसिक स्वास्थ्यको प्रमुख कारण सामाजिक सञ्जाल भएकोब बताएका छन् । जुन एउटा आपतकालीन समय जस्तै भएको उनको भनाइ छ । लेखमा उनले विभिन्न अध्ययनहरू उद्धृत गरेका छन् । जसमा २०१९ मा जेएएमएमा प्रकाशित अमेरिकन मेडिकल एसोसिएशनको अध्ययन पनि छ ।
सो अध्ययनले सामाजिक सञ्जालमा दिनको तीन घण्टा बिताउने किशोरहरूलाई डिप्रेसनको जोखिम दोब्बर हुने निष्कर्ष निकालेको थियो । ग्यालप पोलका अनुसार किशोर किशोरीहरूले विभिन्न सामाजिक सञ्जाल दिनमा करिब पाँच घण्टा बिताउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar