काठमाडौँ – रिकन्डिसन अटो व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले आफूहरूलाई नपत्याएको गुनासो गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले अटो व्यवसायीहरूलाई कम्पनीमै गएर ऋण लिनका लागि आग्रह गर्ने भए पनि आफूहरूलाई नपत्याउने गरेको गुनासो गरेका हुन् । सोमबार आर्थिक पत्रकारहरूसँग छलफल गर्दै उनीहरूले यस्तो गुनासो गरेका हुन् । नेपालमा गाडीको रिकन्डिसन बजार राम्रो भए पनि बैंकहरूले फाइनान्स गर्न नमान्दा बजार विस्तार गर्न असहज भइरहेको धारणा उनीहरूको छ ।
नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कानुनी सल्लाहकार तथा अधिवक्ता रुद्र ढुंगेलले अहिले नेपाली बजारमा नयाँ गाडीभन्दा पुराना गाडीको खरिद बिक्री बढी हुने धारणा राखे । उनका अनुसार ग्राहकहरूले १–२ महिना अगाडि मात्रै खरिद गरेको गाडीलाई विदेश वा कहीँ कतै जानुपर्ने कारण देखाएर बिक्री गर्ने गरेको सुनाए । यसले पनि रिकन्डिसन अटो बजार चलायमान भइरहेको उनको भनाइ छ । ‘अहिले नयाँ गाडीभन्दा पुराना गाडीको व्यापार राम्रो छ, बैंकले फाइनान्स गर्न मानेको भए राम्रो हुन्थ्यो । तर, बैंकले हामीलाई पत्याएका छैनन्’, उनले भने ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेशप्रसाद कोइरालाले भने, झट्ट हेर्दा सामान्य किसिमको व्यापार भए पनि यसले ठूलो क्षेत्र ओगटेको बताए । उनले पनि बैंक तथा वित्तीय संस्थाले रिकन्डिसनका गाडी र विद्युतीय सवारी साधनमा फाइनान्स गर्न नमानेको गुनासो गरे । अध्यक्ष कोइरालाले अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक रहेको बताए । ‘अटो व्यवसायमा परिवर्तनशील प्रविधिहरूको प्रयोग हुन आवश्यक छ, आधुनिक प्रविधिहरूको ज्ञान र सीपको प्रयोगबाट हामी हाम्रो व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउनेछौँ । यसले हामीलाई नयाँ बजारमा प्रवेश गर्न र वर्तमान बजारमा आफ्नो स्थिति बलियो बनाउन मद्दत गर्छ’, उनले भने ।
पुराना गाडी सट्टापट्टा तथा बिक्री गर्दै आएका व्यवसायीहरूले आफ्ना जटिल समस्याहरू भए पनि त्यसबारे राज्य बेखबर रहेको गुनासो गरेका छन् । अटो व्यवसाय क्षेत्रमा देखिएका देखिएका फरक प्रवृत्तिहरू र अवसरहरूलाई सही सदुपयोग गर्दै यस व्यवसायलाई नयाँ उचाइमा पु¥याउने उनले प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै, उनीहरूले रिकन्डिसनका सवारी साधन छिटो बिग्रन्छन्, पेट्रोलको प्रयोग बढी हुन्छ र बढी खर्च लाग्छ भन्ने विषय भ्रम रहेको बताए । उनीहरूले राम्रो सर्भिसिङ र राम्रो पार्टपुर्जा राख्न सकेमा रिकन्डिसनका सवारी साधन पनि बलियो र कम खर्चिलो हुने धारणा राखे । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ ‘प्रयोग भइसकेका वा रिकन्डीसन अटोमोबाइल्स’हरूको खरिद तथा बिक्री गर्ने व्यवसायीहरूको छाता संस्था हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar