रौतहट – जिल्लामा एकैदिन छुट्टाछुट्टै ठाउँमा दुई युवकको शव बरामद भएपछि सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा भएको छ । सदरमुकाम गौरदेखि पश्चिम रहेको लालबकैया र पूर्वमा रहेको बागमती नदीबाट शनिबार २ युवकको शव बरामद भएको थियो । गौर नगरपालिका–४ स्थित लालबकैया नदीको केराबारीमा स्थानीय १९ वर्षीय छोरा रोहितकुमार सहनी र राजदेवी नगरपालिका–५ पताही नजिक बागमती नदीबाट गौर नगरपालिका–५ का २० वर्षीय राहुल मेहताको शव फेला परेपछि गौरको वातावरण त्रसित बनेको छ ।
एउटा युवकको शव जिन्स पैन्ट लगाएको अवस्थामा तथा अर्काको कट्टु पैन्ट लगाएको अवस्थामा पानीमा तैरिँदै गएको बेला बरामद भएकोले हत्या गरी घटना लुकाउने उद्देश्यले फालिएको हुन सकिने शंका उब्जेको छ ।घटनास्थलमा पुगेको प्रहरीले गरेको स्थल मुचुल्का, शव मुचुल्काअनुसार शरीरमा बाहिरी कुनै चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीको भनाइ रहेको छ ।
साथीहरूसँग नुहाउन गएका राहुल मेहताको शव भेट्नुले घटना रहस्यमय रहेकोले निष्पक्ष रूपमा छानविन हुनुपर्ने अडान पीडित पक्षको रहेको छ । घटनाको बारेमा सोधपुछ गर्ने कार्य जारी रहेको प्रहरीको दाबी रहेको छ ।लालबकैया नदीको केराबारीमा फेला परेको रोहित सहनीको मुख, नाक र आँखाबाट रगत निस्केको देखिएको आफन्तले जनाएका छन् । दुवै जनाको शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको छ ।
एक हप्ताभित्रमा एक भारतीय नागरिकसहित ३ जनाको शव बरामद हुनुले रौतहटको शान्ति सुरक्षा कमजोर भएको टिप्पणी पीडित परिवारको रहेको छ ।घटना भएको २ दिन भइसक्दा पनि रौतहट प्रहरीले कुनै सफलता हासिल गरेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar