जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीमाथि दरिलो झापड प्रहार गरेको बताएका छन् ।
महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित ठूलो संख्याले जसपालाई कमजोर गरेर संघीयतालाई समाप्त पार्ने मानसिकता बोकेकालाई दरिलो झापड दिएको प्रतिक्रिया दिए ।
संघीयता पक्षधर मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम लगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुरधाम महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकुलता, सत्ता पक्षको षड्यन्त्रका बीच समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भएको दाबीसमेत गरे ।
हिमाल, पहाड र मधेसको ऐक्यवद्धताले जनता समाजवादी पार्टीको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको भए पनि संघीयता विरोधीले भविष्यमा गर्न सक्ने षड्यन्त्रलाई पराजित गर्नका लागि सचेत रहन नेता कार्यकर्तालाई अध्यक्ष यादवले निर्देशनसमेत दिए ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेताहरू हरिनारायण यादव, डा.सुरेन्द्र यादव, लालकिशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरूको उपस्थिति रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar