काठमाडौं – ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ । थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो ।
शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो । चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो । संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झण्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ ।
आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवा सुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar