तनहुँ – नहुँमा बिषालु च्याउ सेबन गर्दा ५ जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् । उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar