काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३ सय पुगेको छ । यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar