संखुवासभा– संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको ‘ब्रेक थ्रू’ भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मकालु गाउँपालिका–५ आम्राङमा आयोजित कार्यक्रममा ११.७८ किमि सुरूङमार्गको ‘ब्रेक थ्रू’ गरेका हुन् ।
अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आगामी आवमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पु¥याउने, आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने बताए ।
सन् २०१८ देखि आयोजना निर्माणको काम सुरू गरेको थियो । हाल सन् २०२५ मार्चसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हालसम्म निर्माणतर्फ ७५ प्रतिशत काम सकिएको छ भने प्रसारण लाइनतर्फ २० प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको कुल अनमानित लागत ९२ अर्ब हाराहारी छ ।
आयोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क बिजुली पाउनेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar