काठमाडौं – सरकारी ठगी सम्बन्धी जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको एक जाहेरीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पहिलो नम्वरमै उल्लेख भएको फेला परेको छ ।
सर्वोच्च अदालतले सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको भेटिएको हो । उक्त जाहेरीमा पहिलो नम्बरमा (गोर्खा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक) रवी लामिछाने भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने उल्लेख छ ।
आइतबार सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दायर भएको सहकारी ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेको थियो ।
पीडितहरूको जाहेरीको दोस्रो नम्बरमा ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नन्दकिसोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ। पिडितहरुले २०८० माघ २२ गते उक्त जाहेरी दर्ता गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar