काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री गगन थापाले सरकार आग्रहबाट मुक्त भएर, जिम्मेवार भएर आए कांग्रेस २४ घन्टा काम गर्न तयार भएको बताएका छन्।
आइतबारबाट प्रतिनिधिसभा बैठकमा सुरु भएको बजेटमाथिको छलपलमा बोल्दै महामन्त्री थापाले जतिदिन संसद् अवरोध भयो त्यसको क्षतिपूर्ति गर्ने गरी कांग्रेस काम गर्न तयार भएको बताएका हुन्।
महामन्त्री थापाले सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले सबै आशंकाहरुलाई चिर्दै निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने कुरा आफू विश्वस्त भएको बताए।
उनले सरकारले ल्याएको बजेटमाथि जमेर छलफल गर्न चाहेको बताए। उनले दुग्ध किसानले भक्तानी नपाएका कुरा, मनसुनी प्रकोपबाट हुने क्षति न्यूनीकरणका तयारीका बारेमा सरकारसँग सोध्न मन छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar