काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
त्यस्तै, बैंकले आफ्ना ग्राहकसँगको संलग्नतालाई बढाउन पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको हो । आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोवाइल भिडियो वा फेसवुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar