काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा प्रकृया पुनः अस्वीकृत भएको छ ।
आज (बिहीबार) साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो।
परराष्ट्र मन्त्रालयले ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि दूतावासले बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन लामिछानेलाई यसअघि पनि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।
भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना अन्ततः टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आफू खुसी भएको बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar