काठमाडौं – आज विहिवार काठमाडौं उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको छ ।
काठमाडौं उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि मौसमविद् प्रतिभा मानन्धरको भनाई छ । विगत केही दिनयतादेखि काठमाडौँ उपत्यकाको तापक्रम बढ्दै गइरहेको उनले बताए ।
हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ । मौसमविद् मानन्धरले उनले भने, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ ।’
आज काठमाडौं उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६.६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२.५, नेपालगञ्जमा ४१.२ र भैरहवामा ३८.६ डिग्री सेल्सियस मापन गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar