काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ।
यसअघि हिजो बुधवार पनि निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। निवेदकले नै तयारी नपुगेकाले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि उक्त रिटको सुनुवाइ आज पनि स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
निवेदक भट्टराईका अनुसार हिजो जसको बेन्चमा मुद्दा चढेको थियो आज पनि त्यही बेन्च अर्थात् न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा मुद्दा परेपछि सुनुवाइ स्थगित गर्न निवेदन दिएको बताएका छन्। न्यायाधीश सुनीलकुमार पोखरेल अधिवक्ता हुँदा उपप्रधान तथा गृहमन्त्री लामिछानेको कानुनी सल्लाहार भएकाले सुनुवाइमा प्रभाव पर्न सक्ने अनुमान गरेर सुनुवाइ स्थगित गर्न निवेदन दिएको भट्टराई जानकारी दिएका छन्।
लामिछानेलाई अनुसन्धान प्रक्रिया चलिरहेका बेला पदबाट निलम्बन गर्न माग गर्दै यसअघि सोमबार भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar