काठमाडौँ – फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा बराइली थपिएकी हुन् । निर्माण पक्षले फिल्मको मुख्य भूमिकाका लागि यसअघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गरेको थियो । प्रकाश र मुकुनपछि अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको थियो ।
फिल्ममा उनीहरूको भूमिकाका बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबै कलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताए । यही जेठ २१ गतेबाट छायाङ्कनमा जाने तयारी रहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
सरोज पौडेलको लेखक तथा निर्देशक रहेर सोसल–ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ । अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् । फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौँलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहने छ ।
यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । निर्माण टिमले फिल्मलाई वि.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar