काठमाडौं – आगामी जुनबाट अमेरिका र वेस्ट इण्डिजमा सुरू हुने टी–२० विश्वकपअघि आज नेपालले अमेरिकासँग दोस्रो ‘वार्मअप’ म्याच खेल्ने भएको छ । उक्त खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।
आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाल आज आयोजक अमेरिकासँग अन्तिम तथा दोस्रो वार्मअप म्याच खेल्न लागेकाे हाे । विश्वकपको तयारीमा रहेको नेपाल र अमेरिकाले एकअर्काबीच खेलेसँगै प्रतियोगिताका लागि तयार हुनेछन् ।
विश्वकपमा सहभागी सबै टोलीलाई आईसीसीले दुई वार्मअप म्याचको व्यवस्था गरेको थियो । सोही अनुरुप नेपालले पहिलो वार्मअप म्याचमा क्यानडाविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । अमेरिकाले भने आफ्नो पहिलो वार्मअप म्याच खेल्न पाएन ।
बंगलादेशसँग मंगलबारका लागि तय भएको वार्मअप म्याच खराब मौसमका कारण हुन सकेन । नेपालले ४ जुनमा नेदरल्यान्डससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । आयोजक अमेरिकाले जुन २ मा क्यानडासँग विश्वकपको उद्घाटन खेल खेल्नेछ । विश्वकपको उद्घाटन खेल यही मैदानमा हुनेछ ।
विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजमा तीन अभ्यास खेल खेलेको थियो। तीन खेलको सिरिजमा नेपालले विनवार्ड भोल्क्यानोजविरुद्ध २–१ ले जित हात पारेको थियो । वेस्ट इण्डिजबाट अमेरिका पुगेको नेपाली टोलीले ह्युस्टनमा ह्युस्टन हरिके्रन्स दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेल नेपालले जितेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar