काठमाडौं – प्रसिद्ध जापानीज वाच ब्राण्ड सिकोले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ । काठमाडौँको अपस्केल मार्केटको रूपमा स्थापित दरबारमार्गको वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो ।
तिब्र विकासको क्रममा रहेका बजारहरुमा आफ्नो बलियो उपस्थिती जनाउने सिको को रणनीति अनुरूप यो फ्ल्यागसिप स्टोर सिकोले सञ्चालनमा ल्याएको हो । यस सँगै सिकोले नेपालको रिटेल मार्केटमा आफूलाई बलियो सँग अगाडि बढाउन गरेको प्रतिबद्धतालाई थप बल दिएको छ । विभिन्न माध्यमबाट दशकौं अगाडी देखि नेपाली उपभोक्ता माझ लोकप्रिय सिकोको नेपालमा बुटिक नै सञ्चालनमा आएको भने पहिलो पटक हो ।
सञ्चारकर्मी भूषण दाहाल तथा उद्योगी राज बहादुर शाहको उपस्थितीमा उद्घाटन गरिएको सिको बुटिकको उद्धाटन समारोहमा सिकोको प्रतिनिधिले सहभागिता जनाएका छन् । उद्घाटन कार्यक्रममा ब्राण्ड, सौंन्दर्य तथा आधुनिकताको प्रतिनिधित्व गर्दै मोडल तथा कलाकार सोनिया विष्ट तथा रोनीशा श्रेष्ठले सिकोका विभिन्न मोडलका घडीहरू प्रदर्शन गरेका थिए ।उद्घाटन समारोहका लागि एक विशेष सन्देश पठाउँदै प्रेसिडेन्ट निलान्द्री मजुमदार भनेका छन्, ‘हामी काठमाडौँमा हाम्रो पहिलो स्टोर खोल्न पाउँदा रोमाञ्चित छौं, संस्कृति, सम्पदा र इतिहासमा धनी शहर काठमाडौंमा हाम्रो उपस्थितीले हामीलाई उत्साही बनाएको छ । आधुनिकता तर्फ बढीरहेको बजार हो जसले गुणस्तर र क्राफ्टम्यासिप बुझ्ने दर्शकहरूलाई प्रतिनिधित्व गर्दछ । हामी विश्वस्त छौं कि हाम्रो नयाँ स्टोरले नेपालका घडी प्रेमीहरू र सङ्कलकहरूलाई अवस्य आकर्षित गर्नेछ ।’नेपाली उपभोक्ताहरूले सिकोको पछिल्लो संग्रह अनुभव गर्ने विशेष अवसर यस स्टोरमा पाउनेछन्, जसले सिको ब्रान्डको क्राफ्टम्यानसिप र जापानी परम्पराको समर्पणलाई देखाउनेछ । यस स्टोरमा आम उपभोक्ताले घडी किन्दा अनुपम अनुभव प्रदान गर्ने वाचा गरेको छ भने ब्यक्ति अनुसारका विविध रुचि र प्राथमिकताहरूका लागि उपयुक्त सिको घडीहरूको विभिन्न २०० भन्दा बढी मोडलहरु एकै स्थानमा उपलब्ध गराएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar