लस एन्जलस – हलिउड अभिनेता जोनी भ्याक्टरको गोली हानी हत्या गरिएको छ । शनिबार बिहान ३ः३० बजे लस एन्जलसमा आफ्ना सहकर्मीसँग साउथ होप स्ट्रिटमा हिँडिरहेको समयमा ३७ वर्षीय अभिनेताको हत्या भएको हो ।
त्यतिबेला मास्क लगाएका तीन चोरहरूले उनको कारबाट क्याटालिटिक कन्भर्टर चोर्न खोजिरहेका थिए । भ्याक्टरकी आमा र प्रहरीका अनुसार अभिनेताले चोरहरूलाई रोक्ने प्रयास गरेनन् । तरपनि एकजना चोरले उनलाई गोली हाने र सबै त्यहाँबाट भागे । गोली लागेपछि अभिनेतालाई स्थानीय अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरियो । जोनीले ‘जनरल हस्पिटल’, ‘साइबेरिया’ र ‘क्रिमिनल माइन्ड’जस्ता शोमा काम गरेका थिए ।
जोनीका एजेन्ट डेभिड शलले उनको मृत्युको खबर पुष्टि गर्दै भने,‘उनी निकै प्रतिभाशाली थिए । चिन्ने सबैको लागि, उनी एक अद्भुत व्यक्ति थिए । उनले कडा मेहनत गर्थे अनि कहिल्यै हार मान्दैनथे । पेशागत जीवनमा पनि उनी आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्थे । उनको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ ।’ प्रहरीले यस घटनाबारे छानबिन सुरु गरेको छ । जोनीले सन् २००७ मा ‘आर्मी वाइभ्स’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए ।
अर्का कलाकार सोफिया म्याटसनले जोनी अत्यन्त प्रतिभासाली कलाकार भएको तथा उनको निधनले कला क्षेत्रलाई अपुृरणीय षती पुगेको प्रतिक्रिया व्यक्त गरेका छन् । सिरियल ‘जनरल हस्पीटल’का नायक उनी ब्रान्डो कोर्बीनको रुपमा निभाएको भुमिकाका लागि चर्चित छन् । त्यस सिरियलमा उनी लागु औषध दुव्र्यसनी सासाको पतिको भुमिकामा छिन् । सिरियल २०० भागसम्म अघि बढेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar