धादिङ – गएराती परेको पानीले सडक हिलाम्मे हुँदा धादिङको गल्छीमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
हिजो सोमबार साँझदेखि परेको पानीका कारण मर्मत हुँदै गरेको राजमार्ग हिलाम्मे भएको हो । जसले गर्दा सडकमा क्षति पुर्याएको र माटो लेदो बनाएका कारण दुवैतर्फ सडक अवरुद्ध भएको छ । सडक निर्माण व्यवसायी र स्थानीय प्रशासनले अवरोधलाई पन्छाउने प्रयास गरीरहेको प्रहरीले जनाएको छ ।
सडक नखुलेसम्म धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार राजमार्ग दुई तर्फि सञ्चालन आउँन अझै केहि समय लाग्नेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar