चितवन – नारायणगढ मुग्लिन सडक खण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका – २९ स्थित १७ किलोमा सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यद्धपी मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । त्यस्तै घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर, १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar