काठमाडौं – आँउदो मंगलबार दिउँसो सरकारले आर्थिक वर्ष २०८१/०८२ को बार्षिक बजेट ल्याउने भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।
घिमिरेले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई अनुरोध गरेका छन् ।
बजेट भाषणपछि दिउँसो ४ बजे पुनः प्रतिनिधिसभाको बैठक बस्ने पनि सभामुखले जानकारी गराएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar