काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवी लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै संसद् अवरुद्ध गरेको छ ।
आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभा बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो । बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०-०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घन्टा ढिलो गरी सुरू भएको थियो । बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। साथै विपक्षी दलहरूले पनि उठेर विरोध गरेका थिए।
सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको पनि जानकारी गराएका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar