धनुषा – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज पुनः म्याद थप गर्ने तयारी थालेको छ ।
नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई धनुषा प्रहरीले आज पुनः म्याद थप गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ ।
नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंबाट पक्राउ गरी बुधबार विहान धनुषा ल्याएको थियो । अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यलयसँग छलफल गरी म्याद थपको लागि अदालतलाई सिफारिस गर्ने प्रहरीको तयारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar