काठमाडौं – पत्रकार ऋषि धमलामाथी ठगी गरेका आरोप लागेको छ ।
प्राइम टेलिभिजनका मालिक तथा रिपोर्टस क्लबका अध्यक्षसमेत रहेका धमलाले बैदेशिक रोजगारीमा जापान र अमेरिका लगायत विभिन्न मुलुक पठाईदिने भन्दै विभिन्न युवाहरुलाई ठगी गरेको आरोप लागेको हो ।
विहिवार साँझ दियोपोष्ट मिडियाको कार्यालयमा आई धादिङको निलकण्ठ नगरपालिका १२ साङकोष घर भएका कपिल भट्टले, धमलाले आफूलाई विगत ८ महिनादेखि जापान पठाईदिन्छु भन्दै ठगी गरेको आरोप लगाएपछी यो विषय बाहिर आएको हो । यो विषयमा दियो पोष्टले भिडियोसहितको समाचार सामाग्री प्रकाशीत् गरीसकेको छ ।
प्रकाशीत् समाचार र भिडियो अन्र्तवार्ता अनुसार धमलाले आफ्ना गृहजिल्ला धादिङ र मधेस प्रदेश र रुकुमका विभिन्न व्यक्तिलाई रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रकम असुली गरेका छन् ।
धमलाबाट पीडित भएका ति व्यक्तिले आफूसंग धमलाले जापान पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ लिएका छन् । तर आफूसंग पैषा लिएपछी धमलाले जापान नपठाई ८ महिनादेखि झुलाईरहेको बताएका छन् । धमलालाई बुझाउनका लागी आफूले चर्को व्याजमा ऋण खोजेको पनि भट्टले बताएका छन् । धमलाले जापानबाट भिषा र सि ओइ आयो भनेर आफूलाई घरबाट काठमाडौं बोलाएको र आफू बैशाख १ गते काठमाडौं आएपछी पुनः पैषा मागेपछी आफू ठगिएको थाहा पाएको भट्टले बताएका छन् ।
त्यस्तै भट्टले लैनचौरस्थित होटल एम्बेसडरमा क्यास र केही रकम भाइको मोबाइल बैंकिङबाट बुझाएको पनि बताएका छन् । धमलाबाट ठगिएको थाहा पाएपछी भट्टले गत बैशाख देखी पैषा फिर्ता मागीरहेपनी धमलाले पैषा फिर्ता गर्न आनाकानी गरीरहेको बताएका छन् ।
भट्टका अनुसार धमलाले जापान, कतार र अमेरिका लगायत मुलुक पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेका छन् ।
विदेश पठाइदिन्छु भन्दै पत्रकार ऋषि धमलाले ठगी गरेको खुलाशा : धादिङका युवाले दिए भिडियो बयान !
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar