काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मान्डु हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज एक करोड २२ लाख कित्ता सेयर पाँच अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar