काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध मुद्दा दायर भएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतमा मेयर शाह र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे विरुद्ध कुटपिट र लुटपाटको मुद्दा दायर भएको हो । प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका हुन् ।
उनीहरुलाई कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को ९३० बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गरेका छन् । त्यस्तै लुटपाटतर्फ दफा २८६ ९३० बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेका जिल्ला अदालतले जनाएको छ ।
गत फागुन १६ गते काठमाडौं महानगरपालिकाले सुन्धारामा, फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar