काठमाडौँ – वाणिज्य बैंकहरूले जेठ महिनाका लागि पनि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका छन् ।
जेठ महिनाका लागि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम व्यक्तिगततर्फ ७ दशमलव शून्य ७ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ८९ प्रतिशत ब्याज दिने भएका हुन् ।
औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ७ दशमलव १४ प्रतिशतबाट घटेर ७ दशमलव शून्य ६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर संस्थागत मुद्दती निक्षेपको भन्दा १ प्रतिशत कम हुनुपर्ने नीतिगत व्यवस्था गरेको छ । जसअनुरूप वाणिज्य बैंकहरूले संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । जेठ महिनामा एनएमबी, नबिल, सिद्धार्थ, प्राइम कमर्सियल, सानिमा, एभरेस्ट, सिटिजन्स, राष्ट्रिय वाणिज्य र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका छन् ।
जेठ महिनाका लागि मुद्दती निक्षेपमा एनएमबी बैंकले ७ दशमलव ९७ बाट घटाएर ७ दशमलव ८, नबिल बैंकले ७ दशमलव २५ बाट ६ दशमलव ७६, सिद्धार्थले ७ दशमलव २५ बाट ७ र प्राइम कमर्सियलले ७ दशमलव १ बाट ७ प्रतिशत ब्याजदर कायम गरेका छन् । यस्तै सानिमाले ७ दशमलव १ बाट ६ दशमलव ९, एभरेस्टले ७ बाट ६ दशमलव ५, सिटिजन्सले ७ दशमलव ५ बाट ७, राष्ट्रिय वाणिज्यले ६ दशलमव ५५ बाट ६ दशलमव ४ र नेपाल एसबिआईले ६ दशमलव ५३ बाट ६ दशमलव ३९ प्रतिशत ब्याजदर तोकेका छन् ।
यद्यपि, एनआइसी एसिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकको ब्याजदर भने सामान्य वृद्धि भएको छ । एनआइसी एसियाले ७ दशमलव ८ बाट ७ दशमलव ७५ तथा ग्लोबल र प्रभुले ७ बाट ७ दशलमव ५ प्रतिशत ब्याजदर पुगाएका छन् । नेपाल बैंक, माछापुच्छ«े बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar