काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएको विरूद्ध अध्यक्ष उपेन्द्र यादव सर्वोच्च पुगेका छन् ।
आज सर्वोच्च अदालत पुगेर अध्यक्ष यादवले आयोगविरूद्ध रिट दायर गरेका हुन् । यादवले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
मुद्दाको पेसी मंगलबारका लागि तोकिएको पनि उनले जानकारी दिए ।
रिटमा अध्यक्ष यादवले जसपा नेपाल विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएकोविरूद्ध रिट दायर गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar