काठमाडौं– काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजना नाबालक रहेको खुलेको छ । प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन ।
शनिवार साँझ करिब ८ बजेतिर मोरङका २४ वर्षीय शम्भु धिमाल र मनिष चौधरी काठमाडौं–९ स्थित कुमारी टोलमा हिँड्दै थिए । त्यसैबेला विपरीत दिशाबाट आएका चार जना नाबालकको समुहसँग धिमाल ठोक्किए । सोहि क्रममा विवाद हुँदा एक बालकले चक्कु झिकेर धिमालमाथि प्रहार गरे । चक्कु प्रहारबाट धिमालको मृत्यु भयो भने उनीसँगै गएका चौधरी घाइते भए ।
धिमालको पेट, छाती र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए ।
उनीहरू चारैजना स्थानीय शारदा स्कुलमा ९ र १० कक्षामा पढ्ने विद्यार्थी रहेको खुलेको छ । तीन जना बालक शनिबार राति बर्थडे पार्टी मनाएर फर्कँदै थिए त्यसैक्रममा अर्का एक बालक उक्त समूहमा मिसिएका थिए । उनीहरूले बाटोमा छ्याङ पनि खाएको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा मारिने र हत्यामा संलग्न बालकहरू एक अर्कामा अपरिचित थिए । बाटोमा ठोक्किएको निहुँमा भनाभन हुँदा छ्याङको नसामा रहेका बालकले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar