काठमाडौं – चालु आर्थिक वर्षको नौ महिनामा सरकारको चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चैत मसान्तसम्मको आर्थिक तथा वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यसै अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा छ ।
अघिल्लो वर्षको यसअवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले घटेर चार अर्ब ७८ करोड रहेको छ । यसअवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।
चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।
शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको भन्ने बुझिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar