काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्वत भएको निष्कर्ष निकालेको छ ।
शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति बन्न नदिन र संसद समेत चल्न नदिन सरकार आफैं उद्वत रहेको निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगन थापाले संसदको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीती तय गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको बताए ।
उनका अनुसार आगामी रणनीति तय गर्नका लागि सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । ‘त्यही बैठकले अब के गर्ने भन्ने निष्कर्ष निकाल्छ,’ उनले भने । सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नतबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने विषयमा कांग्रेस अडिग रहेको पनि उनले बताए ।
गठन हुने छानबिन समितिले पहिलो काम ठगिएका बचतकर्ताहरूको बचत फिर्ता दिनुपर्ने उनको भनाइ छ । गृहमन्त्री आफू निर्दोष छु भन्नेमा विश्वस्त देखिएकाले छानबिन समिति बनाउनुपर्ने विषयमा डराउनु नपर्ने महामन्त्री थापाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar