काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा आफ्ना भनाइ राख्न दिने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र सांसदको हैसियतले बोल्न दिने निर्णय गरेको हो ।कांग्रेसले सहकारी मुद्दामा लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरेपछि संसद् अवरोधलाई निरन्तरता दिने कांग्रेसको तयारी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar