काठमाडौं– पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो । वेस्ट इन्डिज ए का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै गुदाकेश मोटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
हिजो भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar