काठमाडौं– निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ ।
सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए ।
आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचनका दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar