काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डीडीसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।
संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मीयाम सुरु भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम) को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको बताए ।
डीडीसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा एक करोड, हेटौंडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र काठमाण्डौ क्षेत्रमा १३ करोड रुपैयाँ किसानको रकम भुक्तानी गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar